भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोसल मिडियामा सर्वाधिक पछ्याइने वैश्विक नेतामध्ये एक हुन् ।
सोसल मिडियामा आफ्नो लोकप्रियतालाई नयाँ उचाइमा पुर्याउने क्रममा मोदीले युट्युबमा नयाँ कीर्तिमान राखेका छन् । उनी युट्युबमा दुई करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता बनेका छन् ।
युट्युबमा सब्सक्राइबर्स तथा भ्युजको मामिलामा मोदीले विश्वका आफ्ना सबै प्रतिद्वन्द्वी नेताहरुलाई निकै पछि पारेका छन् ।
मोदीको युट्युब च्यानलमा सब्सक्राइबर संख्या २ करोड नाघेको छ भने त्यसमा राखिएका भिडियोहरुमा कुल भ्यूज चार अर्ब ५० करोड रहेको छ ।