भारतले नेपाललाई दिने अनुदान बढायो, ११ अर्ब २० करोड दिने
भारतले नेपाललाई दिने अनुदान बढायो, ११ अर्ब २० करोड दिने

Praharentertainmentmedia 341+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।

भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२÷२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

प्रतिक्रिया

clonuro २ मंगशिर २०८१, आइतबार

5 mg Books have been written on boosting your VO2max and anaerobic threshold, so we ll steer clear of that here buy priligy usa Single cell rt PCR of neurons from neocortical slices reveals developmentally regulated expression of KCC2 RNA

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार