नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न आग्रह गरेका छन् ।
आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै थापाले आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न देउवालाई आग्रह गरेका हुन् । सोमबार सभापति देउवा पनि सहभागी पार्टीको नवलपुर जिल्ला सम्मेलनमा थापाले भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’
थापाले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै देउवामाथि प्रश्न पनि गरेका छन् । ‘एउटा कार्यकर्ता दिनको ५/६ घण्टा पार्टी कामलाई दिन्छ । त्यो ५/६ घण्टामध्ये २/३ घण्टा त उसको कुनै गुटको हिसाबकिताव गर्न जान्छ’ थापाले भने ।
टिकट पाउनकै लागि पार्टीमा गुटबन्दीले प्रश्रय पाएको भन्दै थापाले माथिल्लो समितिले टिकट वितरण गर्ने हालको नियम आगामी निर्वाचनदेखि बदल्नुपर्ने बताए ।