अहिले जताततै पल शाह र समिक्षा अधिकारीको चर्चा चलिरहेको छ। समिक्षाको उमेर १७ खुलाएको छ । नेपालको मौजुद्द कानून अनुसार समिक्षा अधिकारी नाबालिग हुन। नाबालिग संग यौन सम्बन्ध/प्रेम सम्बन्ध राख्न नहुने नेपालको कानूनमा उल्लेख छ । पल शाह र समिक्षा अधिकारी बिच अफयरमा रहि फिजिकल रिलिशन भएको हो भने कानून बमोजिम बर्जित छ । तर कुरो यहाँ निर छ कि, उनीहरू फिजिकल्लि र मेन्टल्लि दुबै रुपमा तयार नभएको भए त्यस्तो सम्बन्ध किन रहन्थ्यो होलार ! अब कुरो गरौं १७ , १८ वर्ष उमेरलाई नाबालिग मान्ने कि नमान्ने ? नेपालको कानूनमा १६ वर्ष उमेर पुगे पछि नेपाली नागरिकता पाईन्छ, उस्लाई नागरिकको हैसियतले गर्ने सबै काम गर्न छुट हुन्छ । तर बिहा गर्न मात्र २० वर्ष नै कुर्नु पर्ने किन ? यो कानून व्यवहारिक र न्याय संगत भएन । कानूनमा जे उल्लेख भएतापनि, अहिले पनि नेपाली समाजमा २५% भन्दा बढी युवा युवतीहरुको बिहा बीस वर्ष नपुग्दै हुने गर्दछ। ६% भन्दा बढी १८ वर्ष उमेर नपुगेका आमाहरुले बच्चा जन्माउँछन । तसर्थ, व्यवहारमा लागू नहुने नियम बनाएर किन दुख दिईरहने ? म आफ्नै उदाहरण दिन चाहान्छु, म र मेरो आमाको उमेरको फरक जम्मा १६ वर्ष ६ महिनाको मात्रको छ , मेरो बुबा र मेरो उमेर १९ वर्षको फरक छ । मेरो बाबा आमा स्वास्थ भएर नै म जन्मे होलान ! यो तितो सत्य र तथ्य हो । तर समस्य यहाँ नीर आएको छ, बीस वर्ष उमेर नपुग्दै बिहा हुँदा बिहा दर्ता गर्न नपाएर धेरै नागरिकले सास्ती पाएका छ्न। उनीहरू बाट जन्मेका बच्चाले जन्म दर्ता गर्न पाएका छैनन् । जन्म दर्ता नभएकै कारण विद्यालय भर्ना हुन समेत कठिन भएको कैयौं बग्रेल्ती केसहरु हाम्रो समाजमा छन । १६ वर्ष उमेर पुगे पछि नेपाली नागरिकता पाईन्ने, १८ वर्ष पुगे पछि भोट हाल्ने मताधिकार पनि हुने, बिहा गर्न चाहिँ मात्र बीस वर्ष कुर्नु पर्ने ?! सरकार ! बिहावारी उमेर कानूनमा पुर्नविचार गर्ने हो कि !? #खडक पामीआल्य मगर ,तनहुँ फागुन -१४ ,
बिहेवारीको २० वर्षे उमेर पुनर्विचार गर्ने कि सरकार !?
निजि विचार -खडक पामीआल्य मगर
१४ फाल्गुन २०७८, शनिबार
buy priligy australia Results generated from European registers by ESHRE