मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

बैक हरुले दिएनन नयाँ नोट, बैक हरु भन्छन् नयाँ नोट छैन ५० रुपैयाँको त झन छदै छैन
दशै मा पाएनन् नयाँ नोट, बैक हरु भन्छन् नयाँ नोट छैन ५० रुपैयाँको त झन छदै छैन

Hari Bahadur Giri 25+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले गएको सोमवारदेखि नयाँ नोट सटहीको सुविधा दिएको भने पनि धेरै बैंकहरुले नयाँ नोट नभएको भन्दै फर्काउने गरेका छन् । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । तर वाणिज्य बैंकहरुले तोकेको शाखाबाट समेत नोट साट्न आनाकानी गर्दै आएका छन् ।

नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई बैंकहरुले नोट नभएको भन्दै रित्तै हात फर्काउने गरेका छन् । कतिपय बैंकहरुले राष्ट्र बैंकबाटै पैसा नआएको जवाफ दिने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले भने नयाँ नोटको अभाव नभएको र अघिल्ला वर्षझैँ यसपालि पनि बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त नयाँ नोट दिएको जनाएको छ ।

वाणिज्य बैंकहरुले मागेजति नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकको दाबी छ । तर, नयाँ नोट साट्न बैंक पुगेका धेरै सेवाग्राही भने रित्तो हात फर्कन बाध्य छन् । दशैँमा टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र एकसय रुपैयाँको एक, एक प्याकेट गरी १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट सटही उपलब्ध गराउने बताएको छ ।

तर बैक हरुले भने नयाँ नोट सबै सक्किएको र नोट नभएको भनेर नोट साट्न गएक हरुलाई रितै हात फर्काउने गरेका छन्। अझ प्राय बैक हरुले ५० रुपैयको नोट नै नभएको भनी फर्काउने गरेका छन्। दशै जस्तो महान चाड मा पनि नयाँ नोट उपलब्ध गराउन समेत नसक्द प्राय सेवा ग्राही असन्तुट रहेका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार