मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

केएमसीका आवासीय चिकित्सक सडकमा
केएमसीका आवासीय चिकित्सक सडकमा

Praharentertainmentmedia 354+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयू)ले आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा. दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएको छ ।

डा. दाहाललाई कलेज प्रवेश गर्न नदिन कलेज प्रशासनले आफ्ना सुरक्षागार्ड गेटमा तैनाथ राखेको छ ।

आवासीय चिकित्सकहरु डा. दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन् ।

आज पनि हामी कलेज गेटमा छौं । तर कलेज प्रशासनले सुरक्षाकर्मी खटाएर प्रवेश गर्न दिएको छैन,’ डा. दाहालले भने ।

केयुका डीन डा. मनोज हुमागाईँले मंगलबार नै डा. दाहालको निलम्बन स्थगनको पत्र केएमसी प्रशासनलाई पठाए पनि कलेज प्रशासनले अटेर गरिरहेको छ ।

कलेज प्रशासनले एक विज्ञप्तिमार्फत डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो । तर केयुले भने डा. दाहालको निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो ।

उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने निर्णय लिन उपयुक्त हुने भन्दै केयूले हाललाई डा. दाहाललाई निलम्बन स्थगित गर्न भनेको छ ।

दाहाललाई निलम्बन गर्दा स्पष्टीकरणको मौका दिइएको हो कि होइन, सम्बन्धित पि्रसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेश भएको छ वा छैन भनी केयूले जवाफ मागेको छ ।

केएमसी ले स्वास्थ्य शिविरका नाममा अन्याय गरेको भन्दै दाहालले आवाज उठाइरहेका थिए ।

‘प्रश्न गरेको आधारमा स्पष्टीकरण नसोधी मलाई कारबाही गरियो, अहिले केयूको निर्देशन अटेर गरेर कलेज प्रवेशमा रोक लगाइएको छ । यो त सरासर अन्याय हो,’ डा. दाहालले भने ।

कलेज प्रशासनको विरुद्धमा काम गरेको भन्दै काठमाडौं मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै १२ पुसदेखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार