मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

म नेपालमै बस्न चाहन्छु : प्रशिक्षक अल्बर्टो एनेस
म नेपालमै बस्न चाहन्छु : प्रशिक्षक अल्बर्टो एनेस

Praharentertainmentmedia 354+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले आफू नेपालको प्रशिक्षकको रुपमा अझै बस्न चाहएको बताएका छन् ।

फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार यमनसँगको खेलपछि एनेसले यस्तो बताएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत फागुनमा इटालियन प्रशिक्षक एनेसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको कार्यकाल आउने फागुनमै सकिनेछ । तर अब नेपालले यो बीचमा कुनै ठुलो खेल खेल्ने छैन ।

विश्वकप छनोटमा अब नेपालको खेल चैतमा मात्र हुनेछ । चैतमा नेपालले बहराइनसँग होम र अवे दुवै खेल खेल्नेछ ।

‘म यहाँ बस्न चाहन्छु । किनकि मलाई नेपाली जनता मन पर्छ । उनीहरु दयालु छन् ,’ एनेसले नेपाली टिमको प्रशिक्षकमा निरन्तरता बारे सोधिएको प्रश्नमा भने ।

एनेसको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चार खेल खेलिसकेको छ । लाओसविरुद्धको प्रारम्भिक छनोटमा एक जित र एक बराबरी नतिजा निकालेको नेपाल पछिल्लो दुई खेलमा पराजित भयो । यमनसँग हारअघि नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।

यस्तै साफ च्याम्पियनसिपमा नेपाल एनेसको प्रशिक्षणमा समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार