मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ ।
कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो ।
पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी जाहेरीका आधारमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेर अनुसन्धान थालेको एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।
पीडितले २५ मंसिरमा प्रधानको हत्या गरेर आरोपी अनिलकुमार शाह नेपाल आउँदै गरेको सूचना दिएका थिए । त्यो सूचनाका आधारमा शाहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख खत्रीले बताए ।
buy priligy dapoxetine online A cell based high throughput screen validates the plasmodial surface anion channel as an antimalarial target