मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पसल फोडेर चोरी भएको देखिन्छ । चोरीमा संलग्नको खोजी भइरहेको उनले बताए ।
बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विकले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको हो ।
न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी १०० वटा (अन्दाजी २५ तोला), तामाको बुटी १०० वटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको छ ।