मानिसको मृत्युमा श्रद्धाञ्जली दिनु त स्वभाविकै हो । प्रिय घरपालुवा जनावर तथा विभिन्न महत्वपूर्ण वन्यजीवहरु मर्दापनि शोक मनाउने गरिन्छ । तर के तपाईंले किरा फट्यांग्रा मारिँदा पनि श्रद्धाञ्जली दिएको सुन्नुभएको छ ? सायद छैन होला । वास्तवमा एउटा जापानी कम्पनीले मृतक किटपतंगका लागि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दछ ।
अर्थ कर्पोरेसन जापानको एउटा प्रमुख किटनाशक औषधि उत्पादक कम्पनी हो । दशकौंको अनुसन्धानपछि कम्पनीले प्रसिद्धी कमाएको छ । आफ्ना उत्पादनहरुको परीक्षणका लागि कम्पनीले आको सहरमा एउटा अनुसन्धान प्रयोगशालामा किराहरुका विभिन्न प्रजातिको प्रयोग गर्दछ र त्यसक्रममा कैयौँ किरा मारिन्छन् ।