मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |
मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |


ढिकी–ओखलमा धान कुट्ने प्रचलन हराउँदै

Prahar Entertainment Media 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

कञ्चनपुर । आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ। थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुट्ने कार्य गर्दै आएका थिए। घरघरमै ढिकी र ओखल बनाइएका हुन्थे।

हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ। ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिए। उनले भने, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नुपर्दथ्यो। धान कुट्ने कार्य महिलाले मात्रै गर्दथे। हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ।” मिलमा ल्याउन लैजान मात्रै समय लाग्ने गरेको छ।

ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उनको भनाइ छ। “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुट्ने गर्दथे”, सुम्नी चौधरीले भनिन्, “ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए।” ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुट्नु पर्दथ्यो। एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो। फेरि धान कुट्नका लागि जुट्नुपर्दथ्यो।”

दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उनको भनाइ छ। ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नुपर्दथ्यो। “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भने, “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो। त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ।”

ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको अनुभव छ। ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताए। उनका अनुसार ढिकी कुट्नकै लागि सासुले बुहारीमा गीतमै सवाल–जफावसमेत हुने गर्दथे।

सासु - ‘उठोउठो रे ढिया रे पठोरी उठो ढिकी कुट हली 

मुर्गा बाँग छोडल उठो हली’ 

(प्यारी लाडली बुहारी बिहानीको उज्यालो हुनैथाल्यो, कुखुराले डाँको छाड्न थाल्यो ढिकी कुट्न उठ)

बुहारी - ‘कहना त कहलो सासु, कामके बात कहलो

नानु बलुखा दूधनै छोअरि हो मै कैसे उठजाउ’

(उठ्नका लागि भन्यौँ सासु, कामको कुरा हो, सानो बालकले दूध खान थालेको छ, छोडिराखेको छैन कसरी उठु)

यस्ता प्रकारले गीतमै सवाल–जफाव हुने गरेको डगौराले बताए। “गीतकै बोल सुन्दा बुहारीलाई कति दुःख हुन्थ्यो, यसैबाट थाहा हुन्छ”, उनले भने। घरका बुहारीलाई ढिकी कुट्न निकै कष्ट थियो। हाल आधुनिक मिलहरु गाउँ–गाउँमा आएपछि निकै सहजता भएको उनको भनाइ छ। “हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा पर्खनुपर्दछ”, उनले भने, “त्यो बेला परनिरर्भता भने थिएन। आफ्नै घरमा ढिकी हुन्थ्यो। जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो।

मिलमा लाग्ने खर्चसमेत बच्ने गर्दथ्यो। जीवनशैली सहज भएसँगै खर्चसमेत बढेको छ।” ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा,  धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको उनले बताए। बलियो काठ सान्नानलगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उनको भनाइ छ। पहाडी समुदायले ढिकी र ओखल दुवै धान कुट्नका लागि प्रयोगमा ल्याउने गरेका थिए। कुनै परिवारको घरका पालीमा ढिकी र कुनैको आँगनको कुनामा धान कुट्नका लागि ओखल बनाइएको हुन्थ्यो। हाल धान कुट्न प्रयोग हुने दुवै छैनन्।

“बलियो काठको ओखल बनाउने गरिन्थ्यो”, कलावती बोहराले भनिन्, “मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो। महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे। ओखलअनुसार दुई र एक मुसलको प्रयोग हुन्थ्यो। ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो। जुन खानमा निकै मीठो हुन्थ्यो।” हाल ओखल प्रचलन छैन। यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उनको भनाइ छ। ढिकी र ओखलको प्रचलन यहाँका ग्रामीण क्षेत्रमा मात्रै नभएर निकटवर्ती भारतीय क्षेत्रमा समेत प्रचलनमा रहेका थिए।

ढिकी र ओखल यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। “ढिकी र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”, धर्मानन्द जोशी भन्छन्, “नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन्। पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ।”  रासस

प्रतिक्रिया

Zzolog १२ वैशाख २०८२, शुक्रबार

oral esomeprazole 20mg - esomeprazole 40mg drug generic sumatriptan

Tdyyab ११ वैशाख २०८२, बिहीबार

buy generic levaquin - order zantac 300mg pills zantac online buy

Zrzkhy ७ वैशाख २०८२, आइतबार

warfarin 5mg sale - buy warfarin paypal cozaar 50mg pill

Gygpzm ५ वैशाख २०८२, शुक्रबार

buy inderal sale - buy inderal 10mg without prescription order methotrexate 10mg generic

Jysqyw ३ वैशाख २०८२, बुधवार

motilium 10mg generic - sumycin 500mg pills buy cyclobenzaprine pills

Yhgdnh २६ चैत्र २०८१, बुधवार

domperidone without prescription - purchase sumycin flexeril 15mg brand

Efwtrc २३ चैत्र २०८१, आइतबार

zovirax usa - acyclovir drug rosuvastatin sale

Bbzjfa १७ चैत्र २०८१, सोमबार

cytotec ca - buy orlistat 60mg pill generic diltiazem

Eozxmu १६ चैत्र २०८१, आइतबार

purchase desloratadine pills - order claritin 10mg sale order dapoxetine 30mg pills

Mugyhx १३ चैत्र २०८१, बिहीबार

buy methylprednisolone canada - how to buy medrol how to buy triamcinolone

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार