विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ ।
प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो ।
कारोबारीको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने प्रहरीको आकलन छ ।