विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।
मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास भएको बताए । ‘चोरी गर्ने उदेश्यले मेसिनको कभर फुटाएको देखिन्छ,’उनले भने,‘घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।’
मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए ।
गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।