प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले चौथो जित हात पारेको छ ।
त्यसक्रममा उसले आज बुधबार गण्डकी प्रदेशमाथि ५५ रनको जित निकालेको हो । यो गण्डकीको चौथो हार हो ।
कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदै अलआउट भएको हो ।
गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक २१ रनमा अविजित रहिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिर्जना पौडेल, रचना चौधरी, श्रेया शर्मा र आकृति तिवारीले खाता समेत खोल्न सकेनन् ।