मुस्ताङ, नेपाल
— जलवायु
परिवर्तन आज
विश्वकै सबैभन्दा ठूलो
चुनौती
बनेको
छ।
यसले
हिमालदेखि तराईसम्म, जमिनदेखि हावासम्म गहिरो
असर
पारिरहेको छ।
तर,
जब
धेरै
सरोकारवाला मौन
बसिरहेका छन्,
त्यही
बेला
मुस्ताङको घरपझोङ
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भने
निरन्तर आवाज
उठाइरहेका छन्।
लालचनले मुस्ताङमा घटिरहेको जलस्रोतको कमी,
असमान
वर्षा
र
कृषि–पशुपालनमा परेको असरलाई देखेर
लामो
समयदेखि चिन्ता
व्यक्त
गर्दै
आउनुभएको छ।
उहाँ
भन्नुहुन्छ, “जलवायु परिवर्तनको असर केवल हिमालमा मात्र होइन, तराईसम्म फैलिएको छ। यसलाई रोक्न अब सबै जनप्रतिनिधि र समुदायले साझा पहल गर्नुपर्छ।”
यिनै
चिन्ताले प्रेरित भएर
लालचनले भदौ ३१ गते घरपझोङमा राष्ट्रिय जलवायु सम्मेलन आयोजना गर्ने ठूलो पहल गर्नुभएको छ।
यो
सम्मेलनमा देशभरका ७५३
पालिकाबाट करिब
३
हजार
प्रतिनिधि सहभागी
हुने
अनुमान
गरिएको
छ।
सहभागीहरूको बसोबासका लागि
मार्फा,
जोमसोम,
स्याङ
र
ठिनीका
होटल
तथा
होमस्टेमा तयारी
पूरा
भएको
छ।
सम्मेलनपछि “घरपझोङ जलवायु घोषणापत्र” जारी हुनेछ,
जसले
जलवायु
संरक्षणमा सबै
जनप्रतिनिधिको साझा
प्रतिबद्धता सुनिश्चित गर्नेछ। आयोजकहरूको विश्वास छ—
लालचनको नेतृत्वमा सुरु
भएको
यो
कदमले
स्थानीय तहदेखि
अन्तर्राष्ट्रिय स्तरसम्म नेपालप्रतिको ध्यानाकर्षण गराउनेछ।
मोहनसिंह लालचन
केवल
एक
गाउँपालिकाका अध्यक्ष मात्र
होइनन्,
उनी
मुस्ताङलाई जलवायु
संकटविरुद्धको अग्रपंक्तिमा उभ्याउने जनप्रतिनिधिका रूपमा स्थापित हुँदैछन्।