शहिदको अर्थ सहादत पाएको व्यक्ति भन्ने हुन्छ । सहादत प्राप्त व्यक्तिको मापक केहो भने आफ्नो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य विषय र क्षेत्रहरुमा ठूलो योगदान दिदै प्राण आहुति गरेको व्यक्तिलाई नै शहीद मान्न सकिन्छ ।
धेरै व्यक्तिले एउटै उद्देश्यको लागि ज्यान गुमाएका भए ति सबै शहीद हुन तापनि उनीहरुको अगुवा प्रथम शहीद हुन । सहादत आदर्शोन्मुख उद्देश्यका निम्ति गरिन्छ । कुत्सीतताको निम्ति ज्यान गुमाउनेलाइ शहीदको कोटीमा राखिएको हुदैन । शहीदको नाम गौरवमय र अजम्वर रहन्छ । राणा विरोधी आन्दोलनमा सक्रियतापूर्वक लड्दालड्दै प्राणको आहुति दिने प्रथम व्यक्ति लखन थापामगर थिए । उनि संगै जंगबहादुर राणाको जहानिया शासन विरुद्धमा लड्दा ज्यान गुमाउने अरु पनि थिए तर आन्दोलनको नेतृत्व गर्ने अगुवा अभियन्ता लखन थापामगर थिए । त्यसैले उनि प्रथम शहीद हुन ।
लखन थापामगरलाई वि.स १९३३ फागुन २ गते जंगबहादुर राणाको फौजले झुण्ड्याइ मारेका थिए । त्यसबेला लखन थापा ४२ वर्षका थिए । जंगबहादुर राणाको विरुद्ध गोरखाली जनतालाई संगठित गरि पहिलोपटक आफ्नो प्राणको आहुति दिने व्यक्ति उनी लखन थापामगर द्वितीय थिए । त्यतिबेला उनले बाटो नदेखाई दिएको भए सायद २००७ सालमा क्रान्ति नै हुने थिएन ।
सरकारले लखन थापालाई प्रथम शहीद घोषणा गर्नुभन्दा अगाडि संविधानसभा हलभित्र २०७१ भाद्र २५ गते तत्कालिन संविधानसभाका मगर सभासदहरुको बैठकले एउटा 'मगर सभासद समूह' गठन गर्यो । सबैको सहमतिले म शिवलाल थापा गुरुछानमगरलाई संयोजक बनायो । समूह गठनको मुख्य उद्देश्य- मगर समुदायको साझा मुद्दाको पहिचान गरि नया संविधानमा सो विषयलाई लिपिवद्ध गर्न 'मगर सभासदहरु एकजुट हुने' भन्ने थियो । त्यहि लक्ष्य पुरा गर्नको लागि मगर सभासदहरुले खेलेको भूमिकाको बारेमा पनि थोरै कुरा राख्दा समय सान्दर्भिक देखिन्छ ।
सर्वप्रथम त २०७० साल फागुन महिनामा भएको संविधानसभाको बैठकमा शुन्य समय लिएर बोल्ने क्रममा म शिवलाल थापामगरले- लखन थापामगरलाई प्रथम शहीद घोषणा गरियोस भन्ने प्रस्ताव राखे । मैले बोलेपछि कसैबाट कुनै प्रतिक्रिया आएन । फेरी दोश्रोपटक २०७१ जेठमा विशेष समय लिएर त्यहि विषयमा बोले । त्यसबाट पनि कुनै प्रतिक्रिया नआएपछि २०७१ साल असोज ३ गते मेरै नेतृत्वमा संसद सचिवालय सिंहदरबारमा 'जरुरी सार्वजनिक महत्वको प्रस्ताव' दर्ता गरायौ । त्यसबेला हाम्रो प्रस्तावको समर्थन गर्ने माननीयहरु- मा. गणेशमान पुनमगर, मा. गोपाल दहित, मा. लिला मगर, मा. नरबहादुर थापामगर, मा. गंगा चौधरी, मा. रामकुमार राइ, मा. योगेन्द्र घिसिङ, मा. आइन्द्रसुन्दर नेम्वाङ, मा. पेम्बा गुरुङ भोटे, मा. केशरी घर्तिमगर, मा. सिमाकुमारी वि.क र मा. झुलबहादुर आलेमगर हुनुहुन्थ्यो । त्यसरी प्रस्ताव दर्ता गरेपछि छलफलको लागि टेबल गर्न पटकपटक सभामुखलाई घच्घच्याई रह्यौ । त्यसपछि २०७१ सालको माघेसक्रातीमा तत्कालिन प्रधानमंत्री सुशील कोइरालालाइ प्रमुख अतिथि बनाएर ल्यायौ । त्यस पश्चात नेपाली काङ्ग्रेस पार्टीका माननीय अमरसिङ पुनमगर, नेकपा एमालेका माननीय गोकुल घर्तिमगर, माओवादीका माननीय गणेशमान पुनमगर र माननीय तुलसा रानामगर लगायत हामी मगर सभासद समूहबाट पटकपटक प्रधानमन्त्रीलाई भेट्न डेलिगेशन गयौ । त्यसबेला तत्कालिन सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री कृपाशुर शेर्पाले पनि यो विषयलाई अत्यन्त महत्वका साथ लिएको थियो । धेरै पटक हारगुहार गरेपछि मात्र तत्कालिन सरकार सकारात्मक भएको हो । २०७१ असोज ३ गते हामीले सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालय, सिंहदरबारमा दर्ता गरेको एकवर्षपछि २०७२ असोज ३ गतेकै दिन लखन थापामगरलाइ प्रथम शहीद भनेर सरकारले घोषणा गर्यो त्यसैले असोज ३ गते मगरहरुको लागि महत्वपूर्ण दिन भएको छ ।
सरकारले २०७२ असोज ३ गते लखन थापामगरलाई प्रथम शहीद भनेर घोषणा त गरेको छ तर प्रथम शहीदले पाउने सम्मानप्रति कन्जुस्याई गरिरहेको देखिन्छ । अब आउने २०७८ सालको फागुन २ गते सरकारी स्तरबाट प्रथम शहीद दिवस भव्य रुपले मनाउनेतर्फ़ सरकारको ध्यान जाओस । अन्त्यमा प्रथम शहीद लखन थापामगरप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
meloxicam without prescription - celecoxib for sale buy generic tamsulosin for sale
mobic pills - celecoxib 100mg canada cost flomax 0.2mg
order generic levofloxacin 500mg - buy generic avodart for sale ranitidine 300mg brand
brand levaquin - order avodart 0.5mg buy ranitidine generic
esomeprazole order - imitrex pill imitrex us
esomeprazole capsules - brand sumatriptan sumatriptan online
medex over the counter - maxolon online order oral cozaar
purchase coumadin pill - cost warfarin 5mg buy hyzaar without a prescription
inderal 20mg canada - order methotrexate pills order methotrexate generic
purchase inderal - buy clopidogrel no prescription buy generic methotrexate 2.5mg