नेपाल बहुराष्ट्रिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रिय विविधतायुक्त मुलुक हो । जाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले मात्र होइन भौगोलिक दृष्टिले हिमाल, पहाड र तराइ/मधेसमा त्यहाँको हावा पानी, रहनसहन, भेषभुषा, भाषा संस्कृति, अर्थव्यवस्था, सामाजिक संरचना र मनोविज्ञान समेत फरक फरक रहेको छ । यहाँका राष्ट्रियताहरूमा त्यसको पनि असर परेको छ । यस तथ्यलाई सबैले स्वीकार गरे पनि राज्यको संरचना र सत्तामा विविधतालाई अभिव्यक्त हुन दिएको छैन । त्यसैले अहिले नेपालमा वर्गीय, राष्ट्रिय/जातीय, भाषिक, लैङ्गिक र जातपातजन्य विभेदहरू रहेका छन् । मधेसी समुदाय, आदिवासी जनजाति, खस, शिल्पी/दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसङ्ख्यक समुृदायहरू सदियौँदेखि राज्यसत्ता र शासक वर्गद्वारा राजनीतिक, आर्थिक र सामाजिक वहिस्करणमा पारिएका छन् । आदिवासी जनजाति, मुस्लिम, मधेसी समुदाय लगायत उत्पीडित समुदायको जल, जमीन र जङ्गलमाथिको अधिकार खोसिएका छन् । जबसम्म राज्य नै विभेदको बाहक बन्छ, त्यसको समाधान सहज हुँदैन । विश्वमा राष्ट्रिय मुक्ति आन्दोलनको अभ्युदयका मुख्य कारण नै राज्यको विभेदकारी नीति हो । त्यसैले हामीले यस्ता सबैखाले विभेदहरू अन्त्य गर्नु पर्दछ । त्यसका लागि नै हामीले पहिचान र अधिकारसहितको सङ्घीयता, राज्यका सबै अङ्गहरूमा जातीय/सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, समतामूलक सहभागिता, समावेशीकरण, समावेशी लोकतन्त्र, सकारात्मक विभेद जस्ता कुराहरू अगाडि सारेका हौँ । हामी सबै जाति, भाषा, धर्म, क्षेत्र ,सस्कृति, वर्ण र लिङ्गका जनसमुदायको मानवीय स्वतन्त्रता र आत्मसम्मानको रक्षा गर्नु पर्दछ भन्ने पक्षमा छौँ । विभेदबाट मुक्तिसम्बन्धी हाम्रो दृष्टिकोण भनेको जस्तो समाज उस्तै राज्य निर्माण गर्नु नै हो । त्यसका लागि नेपाली समाजको बनौटलाई राज्यसत्तामा अभिव्यक्त हुन दिनु पर्दछ ।
नेपालमा वर्गीय, जातीय, भाषिक, लैङ्गिक तथा जातपातजन्य विभेदको अन्त्यका लागि हामीले पहिचान र अधिकारसहितकोे सङ्घीयताको कुरा उठाएका छौँ । सङ्घीयताको सन्दर्भमा नेपालमा प्रशासनिक सङ्घीयता र पहिचानसहितको सङ्घीयता २ मुख्य अवधारणाहरू छन् । नेपालका शासकहरूले विविधतामा एकताको नारा त धेरै दिए तर व्यवहारमा एकल जातीय राज्यसत्तालाई राज्य पुनर्संरचनाको नाममा समेत निरन्तरता दिई रहे । उत्पीडित राष्ट्रियताहरूको पहिचानको मान्यता र अधिकारलाई सीमान्तकृत गर्ने हेतुले तिनीहरूले प्रशासनिक संंरचना मात्र बनाएर सङ्घीयताको सैद्धान्तिक मान्यता, मर्म र भावना विपरीत कार्य गरे । त्यसैले हामीले प्रशासनिक सङ्घीयताको विकल्पमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताका साथै स्वशासन र स्वायत्तताको अधिकारको पक्षपोषण गरेका छौँ । यसका लागि विज्ञहरू सम्मिलित राज्यपुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनको आधारमा १० जोड १ को रूपमा राज्यको पुनर्संरचना गर्नु नै अहिलेको विकल्प हो । त्यसको साथै अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायहरूलाई समेट्न विशेष संरचनाका रूपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैरभौगोलिक विशेष क्षेत्रहरू निर्माण गर्नु पर्दछ । यस्तो प्रकृतिको सङ्घीय संरचनाले मात्र नेपालमा उत्पीडित राष्ट्रियताहरू माथिको विभेद अन्त्य हुन्छ । त्यसैले पार्टीले सबै राष्ट्रियताहरू, भाषिक समुदाय र उत्पीडित क्षेत्रको पहिचान र अधिकारसहितको सङ्घीयता प्राप्तीको सङ्घर्षलाई केन्द्रिकृत रूपमा र प्रादेशिक रूपमा पनि उठाईने छ र जनसङ्घर्षका विविध रूपहरू प्रयोग गर्दै संसदीय र गैरसंसदीय अर्थात सदन र सडकमा पनि सङ्घर्ष गर्ने नीति लिईने छ ।
नेपाली समाजको वहुलता र विभेद मुक्तिको बाटो !
खडक पामीआले मगर
११ माघ २०७८, मङ्गलबार
The smartest choice for online players is betmgm live dealer. Unlock 100% match up to $1,000 and $25 On The House right away. Enjoy secure gaming and massive payouts.
In chicken road casino, the road is perilous but the rewards are incredible! Time your cash out perfectly for maximum payout. High RTP + high stakes = unbeatable fun!
meloxicam 15mg usa - meloxicam 7.5mg brand order flomax 0.2mg
nexium 40mg oral - sumatriptan generic buy sumatriptan pills for sale
levofloxacin 250mg pills - zantac 150mg cost ranitidine 150mg sale
buy levaquin tablets - ranitidine 150mg cheap order zantac generic
nexium 20mg cheap - buy imitrex 50mg order sumatriptan 25mg
where to buy warfarin without a prescription - cost cozaar buy cozaar cheap
buy coumadin online - losartan 50mg for sale losartan for sale online
inderal 10mg without prescription - order methotrexate 5mg without prescription order methotrexate online cheap