मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

कैलालीमा चैते धान रोप्न भ्याइनभ्याइ

Prahar Entertainment Media 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

धनगढी । कैलालीको दक्षिणी पूर्वी क्षेत्रका किसानलाई अहिले चैते धान रोप्ने चटारो छ । भजनी, जोशीपुर र टीकापुरका किसान धान रोप्न व्यस्त देखिन्छन् । बाढी प्रभावित क्षेत्र भएकाले त्यहाँका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।

रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको हो । कैलाली सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला समेत हो । पछिल्ला केही वर्षयता चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

कैलालीमा एक हजार बढी हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक छ ।चैतमा लगाएको धान साउनमा पाक्छ । साउनमा पुनः यहाँका किसानले वर्षे धान रोप्ने गरेका छन् । उत्पादन राम्रो हुने, मूल्य पनि राम्रो पाइने भएकाले यहाँका किसानले चैते धान लगाउने गरेको पाइन्छ ।

डुबानको समस्याका कारण चैते धानतिर किसानलाई अग्रसर गराउन लागिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माको भनाइ छ । चैत धानखेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको प्रमुख शर्माले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार