असार। एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले सरकारले साथ दिएमा काठमाडौंको बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफुसँग भएको दावी गरेका छन्।
त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढि सेवा गरिसकेका प्रा.डा. भट्टले आफुले गरेका अनुसन्धान परिणामहरू तथा आफू सहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिएमा नेपालका समस्याहरू समाधानमा सकेको योगदान गर्ने इच्छा प्रकट गरे। शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदुषणको मात्रा घटाउने र त्यसपछि क्रमश आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जतिसुकै दुषित पानी पनि प्रयोग गर्न मिल्ने गरी निर्मलीकरण गर्न सकिने कुरा आफ्नो अनुसन्धानबाट आइसकेको र त्यसको व्यवहारिक प्रयोग समेत सफल भइसकेको तथ्याङ्क प्रा.डा. भट्टले प्रस्तुत गरे।