२६ असार, काठमाडौं । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधका करन रोकिएको काठमाडौं महानगरपालिकाका कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।
महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको जानकारी दिए साथै कार्यपालिका बैठक बस्नु अघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने समेत बजगाईंले जानकारी दिए ।
बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।सबै प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बस्ने छ । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।