२९ असार, काठमाडौं । पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरे संगै चर्कियको विवाद अन्तत निर्वाचन आयोग पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले विधान विपरीत पार्टीका नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्ट पछ्य निर्वाचन आयोग पुगेका हुन्।
कारबाहीको विषय लाइ लिएर पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी, वर्तमान महामन्त्री धवलशम्शेर राणालगायतका नेताहरु अहिले निर्वाचन आयोगसँग छलफल गरिरहेकाछन।
शनिबार भएको भेलाको निर्णय अनुसार संस्थापन समूह कारबाही को विरुद्ध न्याय को लागि निर्वाचन आयोग पुगेको हो। उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् । शनिबारको भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो।
केही दिन अघिमात्रै लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए भने सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए ।
राप्रपाको विधान अनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । त्यसैले यो अवैधानिक भएको समूहको आरोप छ ।