भरत खडका
प्रमूख कार्यकारी अधिकृत- एम.आर.सी.नेपाल
पृष्ठभूमी ः—
नेपालको खेतीपाती लामो समय सम्म परम्परागत प्रणाली मै चलेको पाइन्छ । अझै पनि धेरै ठाउंमा परम्परागत शैलीमा नै खेतिपाती चलिरहेको देखिन्छ । बिकसित राष्ट्रहरुमा आएको हरितक्रान्तिको प्रभाब निकै पछि मात्र नेपालमा पनि शुरुवात भएको पाईन्छ । नेपालमा ठाउ‘ बिशेष अनुरुप मिश्रित बाली प्रणाली भएको देखिन्छ । बाटो घाटोको सुबिधा नभएको दुर्गम क्षेत्रहरुमा अझै पनि परम्परागत खेती प्रणालीले नै अहम भूमिका खेलेको पाईन्छ । तर बाटो घाटोको सुबिधा भएको सुगम स्थानहरुमा भने आधुनिक उन्नत प्रणाली बाट खेतीपाती भईरहेको पाईन्छ । यसमा नेपाल सरकारले सुरक्षित पर्याबरणीय प्रणाली लाई ध्यान दिई बिबिध कार्यक्रमहरु कृषक बर्ग माझ संचालन गरिरहेको पाईएको छ । उदाहरणको लागि कृषक पाठशाला संचालन, तालिम गोष्ठीको आयोजना, समूहगत कृषक तालिमका साथै बिबिध कलेज तथा अध्ययन संस्थानहरुमा उपरोक्त बिषयहरुमा अध्यापन हुने गरेको छ । बिकसित देशहरुले भोग्नु परेको हरितक्रान्तिको नकरात्मक प्रभाब पश्चात नेपालमा बिस्तारै यसको असर देखिएको पाईन्छ । हरितक्रान्तिको शुरुवात सन् १९७० को मध्ये देखि सन् १९९० को प्रारम्भमा नै नेपालमा पनि उन्नत बिउ बिजन, रासायनिक बिषादी सिंचाईको प्रयोगमा अग्रसरता भएको पाईन्छ । बिकसित राष्ट्रहरुमा प्रतिबन्धित वा गलत प्रमाणित भैसकेका रासायनिक बिषादीहरु हाम्रो नेपाल जस्तो परम्परागत कृषि प्रणाली भएको देशमा बिभिन्न बहानामा भित्रिन पुग्यो जुन कुरा नेपालको लागि दूर्भाग्य हुन पुग्यो । त्यस अबधिमा कडा खालको रासायनिक बिषादीहरुलाई कृषक माझ ठिक मानिन्थ्यो । यस्तै अबस्था रासायनिक मलखादको पनि थियो । खास गरी माटोमा पाईने बिभिन्न तत्वहरुको बिश्लेषण ÷ जांचको आधारमा प्रयोग गर्नु पर्नेमा अन्य बिकसित देशहरुको सिफारिशका आधारमा भटाभट प्रयोग गर्न थालियो र अन्तत्वगत्वा प्रत्येक बर्ष रासायनिक मलखादको मात्रा प्रति ईकाई जमीनमा बढाउदै जान थालियो । जस्को कुप्रभाब नेपाली कृषकहरुले अहिले पनि भोग्नु परिरहेको छ ।
यस्तै गरी कृषि बालीहरुमा लाग्ने बिभिन्न कीराहरु तथा रोगहरुका लागि रामबाणको रुपमा जताभाबि प्रयोग हुदै आएको बिभिन्न थरीका रासायनिक बिषादीहरुका कारण कीरा तथा रोगले नै रासायनिक बिषादी लाई टेर पुच्छर लाउनै छाडेको पनि धेरै उदाहरणहरु छन् । अन्त्यमा उत्पादन बढ्नुको सट्टामा घट्दै जाने गरेको ,बाताबरणीय हिसाबले कुप्रभाब परेको , मानब स्वास्थ्यमा प्रतिकुल असर परेको र खेतिबाली प्रणालीमा अप्ठयारो भै आम्दानी न्युन हुदै गएको कारण कृषि पेशा बाट पलायन हुनलाई प्रोत्साहन गरेको पाईएको छ । यसै कुरालाई मध्ये नजर गरी प्राङ्गारिक खेती प्रणालीलाई अंगीकार गरी यसको प्रयोगमा ब्यापकता दिनु पर्ने आजको टड्कारो आबश्यकता हो
प्राङ्गारिक तरकारी खेती किन ?
सामान्यतया कृषि पर्याबरण तथा मानब स्वास्थ्यमा नकरात्मक प्रभाब पार्ने रासायनिक मल ,रासायनिक बिषादीका बिभिन्न सामाग्रीहरु प्रयोग नगरीकन संचालन गरिने कृषि उत्पादन गर्ने पद्दति लाई प्राङ्गारिक खेती भनिन्छ । प्राङ्गारिक खेती प्रणालीमा दिगो पर्याबरण मानब स्वास्थ्यमा नकरात्मक असर नगर्ने सुरक्षित, गुणस्तरीय तथा पोषणयुक्त खाना, प्राणी जगतको कल्याण गर्ने र सामाजिक न्यायको लागि कृषि प्रणालीमा प्रयोग हुने निश्चित एकीकृत पद्दति नै “प्राङ्गारिक कृषि”हो । प्राङ्गारिक कृषिको लागि बिभिन्न देशहरुले आ–आफ्नो मापदण्ड निर्धारण गरेको हुन्छ , त्यही मापदण्ड अनुसार प्राङ्गारिक उत्पादन हो या होईन भनी प्रमाणित गरिन्छ ।
खास गरी दक्षिण एशियाका धेरै देशहरुमा सन् १९६० को दशकमा रासायनिक पदार्थयुक्त खेतीपाती गर्ने हरितक्रान्तिका नाउले चलन चल्तीमा आई बृहत रुपमा रासायनिक पदार्थको प्रयोग ब्यापक रुपमा नेपालमा पनि अभ्यास भएकोले कृषि क्षेत्रमा बिभिन्न किसिमका समस्याहरु देखिन थालेको छ । यसको नकरात्मक प्रभाबको संबन्धमा कृषक बर्ग तथा उपभोक्ता बर्गमा समेत निकै चासो बढेर गएको छ । यस्तो अबस्थाको बाबझुद पनि आबश्यक अनुसन्धान, अध्ययनहरु सरकारी स्तरबाट चाहिदो मात्रामा हुन सकेको छैन । यसै शिलसिलामा रासायनिक बिषादीहरुको नकरात्मक असरबाट कृषकहरु ,अन्य जीबहरुमा क्षति पु¥याएको समाचार सुन्नमा आउने गरेको छ । हाल आएर रासायनिक बिषादीको बिकल्पमा अन्य प्रबिधिहरुको बिकासमा सरकारी तथा अन्य क्षेत्रहरु पनि जुटीरहेको पाईन्छ । बिभिन्न बिधिहरु मध्ये प्राङ्गारिक खेती प्रणाली अपनाउनु लाई राम्रो मानिन्छ ।
प्राङ्गारिक तरकारी खेतीको महत्व निम्न अनुसार छन् ः—
(१) प्राङ्गारिक तरकारी खेती प्रणालीबाट माटोको गुणस्तर बचाई राख्नको लागि ज्यादै राम्रो सहयोग
पुग्दछ ।
(२) प्राङ्गारिक उत्पादनबाट बनेको खानामा धेरै मात्रामा पोषिलो तत्व हुन्छ ।
(३) प्राङ्गारिक उत्पादनबाट बनेको खानाले क्यान्सर, मुटु संम्बन्धी, उच्च रक्तचाप संबन्धी समस्यालाई
न्युनिकरण गर्छ ।
(४) प्राङ्गारिक उत्पादनबाट उत्पादित बनस्पतिहरु पशुहरुको लागि उपयुक्त मानिन्छ ।
(५) प्राङ्गारिक खेती प्रणालीबाट जैबिक बिविधता संरक्षण गर्नमा सहयोग हुन्छ ।
(६) प्राङ्गारिक तरकारी खेती प्रणालीबाट घर ,बगैचा,खेतबारीमा पर्याबरण ९ भ्लखष्चयलmभलत ० स्वास्थ्य
रहन्छ ।
(७) प्राङ्गारिक खेती प्रणालीबाट भू–संरक्षण तथा जलाधार संरक्षणको लागि सहयोग पुग्दछ ।
(८) प्राङ्गारिक खेती प्रणालीबाट विश्वलाई स्वस्थ रहन मद्दत गर्दछ ।
(९) प्राङ्गारिक खेती प्रणालीबाट हावापानीलाई अनुकुल प्रभाब पार्दछ ।
(१०) सुख्खा तथा खडेरी मौसममा पनि प्राङ्गारिक खेती प्रणाली प्रभाबकारी हुन्छ ।
(११) प्राङ्गारिक कृषि उत्पादन उपभोक्ताको लागि सुरक्षित मानिन्छ ।
(१२) उत्पादित बस्तु राम्रो गुणस्तरको हुने भएकोले बढी मूल्यमा बिक्री हुन्छ ।
(१३) उत्पादित बस्तुको स्वाद राम्रो हुन्छ ।
(१४) प्राङ्गारिक रुपमा उत्पादित बस्तुको प्रयोगबाट आमाको दुधको गुणस्तरमा सुधार भै साना बच्चाहरु
को शरीरमा रोग बिरुद्घ लड्ने क्षमता बिकास हुन्छ ।
(१५) प्राङ्गारिक खेती प्रणालीबाट मित्र जीबको रक्षाको लागि उपयोगी हुन्छ ।
प्राङ्गारिक खेती प्रणाली को लागि रोग कीराबाट बचाउन बानस्पतिक÷घरेलु बिधिहरु ः—
प्राङ्गारिक खेती प्रणालीमा रासायनिक बिषादीको प्रयोग नगरिने हुनाले त्यसको बिकल्पमा बिरुवाहरुलाई रोग र कीराबाट जोगाउन निम्न लिखित उपायहरु अपनाउन सकिन्छ ः—
(१) चार पोटी लसुन, ३ मूठी सयपत्री फूलको पात, ४ वटा प्याचको गाना, ४ वटा पिरो खुर्सानी एकै
ठाउँमा मसिनो गरी पिस्ने र १ लिटर पानी त्यसमा मिसाउने । अब पानी मिसाएको झोललाई
१५ मिनेट संम उमालेर चिसो गराउने । यसरी तयार पारेको मिश्रणमा ३ (तिन) भाग पानी मिसा–
एर छर्नाले बालीनालीमा लाग्ने सबै प्रकारका कीरा नियन्त्रण गर्न सकिन्छ । आवश्यक्ता अनुसारको मात्रामा
बनाएर उपयोग गर्न सकिन्छ ।
(२) एक भाग गाईको गहुतमा ५ भाग पानी मिसाएर बालीमा छर्नाले फर्सी परिबारका बालीमा लाग्ने
धुले ढुसी रोग नियन्त्रण हुन्छ ।
(३) एक भाग गाईको गहुतमा ,५ भाग पानी मिसाएर बनाएको झोलमा , ५ ग्राम सुर्तीको धुलो मि–
साई बनाएको झोल बिरुवामा छर्नाले कमिला , लाही कीरा सुलसुले पनि नियन्त्रण गर्नको लागी सहयोग हुन्छ ।
(४) मसिनो हुने गरी पिसेको चिउरीको पिना १ भाग, खरानी २ भाग, मिसाई १५ भाग पानीमा घोलेर
ब्याडमा सिंचाई गरेमा धमिरा र कमिलाको प्रकोप कमहुुन्छ ।
(५) एक भाग गाईको गहुतमा, ५ भाग पानी मिसाएर छर्नाले खराने रोग नियन्त्रण हुन्छ ।
(६) एक रोपनी जग्गामा १० देखि १५ केजी चिउरीको पिना वा निमको पिना हाल्दा माटो मुनी बसेर
खाने किराको नियन्त्रण हुन्छ ।
(७) एक केजी मेवाको पात पिसेर १२ लिटर पानीमा मिसाउने । त्यसमा २ चम्चा मट्टिीतेल र
२० ग्राम साबुन वा सरफको धुलो मिसाई एक रात राख्ने र भोली पल्ट छर्दा लाही, फड्के किरा नियन्त्रण गर्न
सकिन्छ ।
(८) एक केजी सिस्नोलाई टुक्रा टुक्रा पार्ने र ८ देखि १० लिटर पानीमा मिसाई गर्मी समयमा १२
देखि १५ घण्टा, जाडो समयमा १५ देखि २० घण्टा भिजाउने र कपडाले छानेर छर्ने । यसरी छर्दा
झुसिल किरा, लाही किरा नियन्त्रण गर्न सकीन्छ ।
(९) बिरुवाको फेदको वरिपरि असुराको पातको छापो हाली दिएमा असुरोको गन्धले माटो मुनी बस्ने
खुम्रे, फेद काट्ने किराको नियन्त्रण हुन्छ ।
(१०) बिभिन्न किसिमका लहरे बालीहरु काक्रो, लौका, तिते करेला, घिरौला,,चिचिण्डो,फर्सी आदिमा भरखर चिचिला लाग्ने बेलामा पोथी फुल कुवाउने औंसा९ँचगष्त ँथि० को पुच्छरमा भएको तिखो सुडले चिचिलामा छेडेर अण्डा पारी दिए पछि फलको ठुलो परीमाणमा नोक्सान गर्ने गर्छ । यसको रोकथाम गर्न रासायनिक बिषादीबाट उपचार गर्दा दहिकबिषादीको प्रयोग गनपर्ने भएकोले मानबस्वास्थ्यमा असर पर्नेभएकोले सन्तान उत्पादनमा सहयोग गर्ने भालेकीराको नियन्त्रण गर्ने गरिएको छ । “ मोहिनी पासो ” को प्रयोग गरी तल उल्लेखीत बनाउने तरिकाबाट नियनत्रण गर्न सकीन्छ । उदाहरणको लागी एउटा मिनरल वाटरको खाली बोतल लिने र राम्ररी सफा गर्ने । बिर्को बाट करीब ६ ईञ्च जति लामो बाईण्डिङ्ग तार घुसार्ने र भित्र पट्टी तिरको तारको टुप्पोमा सानो कपासको डल्लालाई बाध्ने र भाले फल कुहाउने औसा कीरालाई आकर्षण गर्न पोथी कीराको बास्ना आउने “क्यूलिएर” ५ थोपा सुईको सहायताबाट कपासमा राखी दिने । कपास नजिकै निर बोतलमा २ वटा प्वाल बनाई दिने जसबाट भाले कीरा कपासमा राखेको पोथी कीराको बास्नाले गर्दा बोतल भित्र छिर्छ । कपास रहेको करीब २ ईञ्च तल संम भरिने गरी तल चित्रमा देखाए झै गरी सर्फ पानी राखी दिने । भाले कीरा पोथीको बास्नाले गर्दा बोतल भित्र छिरे पछि त्यही रुमलिन्छ र अन्त्यमा सर्फ पानीमा डुबेर मर्छ । यसरी भाले मरे पछि भाले नलागेको पोथी ले साना चिचिलामा अण्डा पारे पनि त्यसबाट बच्चा बन्न सक्दैन र चिचिलालाई खासै असर पर्दैन । तर एउटा बिचार गर्नु पर्ने कुरा के छ भने बोतलको बिर्काेमा तारले छेडेको ठाउंबाट पानी चुहियर कपासमा रहेको क्यूलिएर पखालिनु हुदैन । यसरी बनाएको “मोहिनी पासो ” तरकारी बारीमा १ रोपनी जमीनमा करीब ४—५ वटा बोतल ५ फिट उचाईमा हावाले नहल्लाउने गरी बाधेर राख्नु पर्दछ । “ मोहिनी पासो ”को चित्र तल देखाईएको छ ।
(११)कलिलो नरम सरीरको छाला भएका चुस्ने तथा टोकेर चपाएर खाने खालका कीराहरुको जस्तै र कमिला, लाही कीरा झुसीलकिरा बिभीन्न किसीमका कीराहरुको नियन्त्रण गर्न स्थानिय स्तरमा घरेलु बिधिबाट तयार पारेको गीतिमललाई कपडामा छानेर आएको १ लिटर झोलमा ४–५ लिटर पानी मिसाई स्पे्रयर बाट बिरुवामा छर्न सकिन्छ । यसलाई ,कीरा लाग्नु भन्दा पहिले देखि पनि छर्न सकिन्छ जसले बिरुवामा मलको काम पनि गर्दछ ।बानस्पतिक बिषादी तथा मल “गीतिमल”कसरी बनाउने संबन्धमा तल उल्लेख गरिएको छ ः—
गीतिमल न्क्ष्त्क्ष्ःब्ी
वानस्पतिक बिषादी तथा गीतिमल
परिचय ः–यो एक किसिमको वनस्पतिका कलिला टुक्राहरुलाई गाई वस्तको पिसावमा कुहुवाएर बनाएको विषादी तथा झोलमल हो ।
रासायनिक मल तथा बिषाधी प्रयोग गरीएको माटोमा माटो भित्ररहेका जिवाणुकोसमेत नष्ट भएर माटाको भौतिक अवस्था समेत विग्रीएर उत्पादनमा समेत ह्रास भएकोछ ।यसको असरलाई मध्यनजर गर्दै विषादी न्युनिकरणको लागी वानस्पतिक विषादी गितमिलको प्रयोगमा ल्याइएकोहो । गितीमल नेपालको पहाडी जिल्लामा खासगरी पर्वत,बाग्लुङ,लम्जुङ,तथा काभ्रेपलान्चोक बाट प्रयोग गर्दै हाल पहाडी तथा तराईका जिल्लामा समेत प्रयोग बढिरहेकोछ ।यसले वालीनालीमा लाग्ने किरा तथा रोग नियन्त्रणको लागी साह्रै उपयोगी मानिएकोछ ।मलकोरुपमा यसको नतिजा राम्रोछ किनकी यो विशेषगरी वनजंगलमा रहेका विभिन्न जडिवुटी तथा बोटविरुवाका मुन्टा(मुहुना)तथा पातहरु क्mुहाएर वनाएको कारणले विरुवावाट पाइने खाद्यतत्वहरु पाइने मलकोलागी वहुउपयोगीहो।यसको प्रयोगले वातवरण तथा मानव स्वास्थ्यमा असर नगर्ने र रोगकिराको पनि नियन्त्रण हुनेभएकोले यसको प्रयोगले रासायनिक विषादी तथा रासायनिक मलको घटाउदै नियन्त्रण गर्नसकिन्छ ।यो एकदम बहुउपयोगी मल तथा विषादीहो ।
गितीमलको प्रयोगको उदेश्य
⦁ मानव तथा प्राणी जगतमा असर नपर्ने
⦁ वातावरणमा सुधार तथा माटाको भौतिक अवस्थामा सुधारगर्ने
⦁ वाली संरक्षण (रोग तथा किरा, रातो कमिला, लाही किरा, डढुवारोग तथा अन्य किराहरु सवैको नियन्त्रण
⦁ कमलो छाला भएका किरा मर्ने, कडा छाला भएका सवै घाइते भएर भाग्ने
⦁ बिरुवाको खाद्यतत्व तथा मलको रुपमा कामगर्ने
⦁ अर्गानीक उत्पादन हुने
⦁ जुनसुकै समयमापनि उत्पादन भएको सामन प्रयोग गर्न सकिने
गीतिमल वनाउन चाहिने आवश्यक सामग्रीहरु
खासगरी हाम्रो गाउँघरमा हिमाल पहाड तराईमा पाइने विशेषगरी तितो, अमिलो,पिरो,टर्रो किसिमका विरुवाका मुन्टा तथा पातबाट बनाइन्छ ।यसको लागी यहिनै भनेर तोकिदैन । आफ्नो ठाउँ क्षेत्रअनुसारमा पाइने वनस्पतीक अनुसार वनाउनसकिन्छ ।तल लेखिएका वनस्पतिमा कम्तीमा पनि ७ देखी १० ओटा तितो, अमिलो,पिरो,टर्रो किसिमका विरुवाका मुन्टा तथा पात अनिवार्य छ । यसमा पछि लसुन,प्याज,खुर्सानी,खरानी,पिना,अदुवा,वेसार त्यसमा मिसाइन्छ ।
सामग्रीहरु
१ वोझो २.असुरो ३.केतुकी ,४.रामफल ,५.सरिफा, ६.सुपारी, ७.सर्पमकै, ८.चुत्रो, ९.गन्धेइलमे झार, १०.तितेपाती, ११.टटालो, १२.गाँजा, १३.मेवा, १४.खिरार्,े १५.लाहुरेफुल, १६.गोदावरीफुल, १७.सयपत्रीफुल, १८.काँचोपात, १९.वनमाडा २०.अडिर, २१.अंगेरी, २२.वकाइनो, २३.निम, २४.सिल टिमुर , २५.बोकेटिमुर, २६.सिमली, २७.पुदिना २८.सिस्नो, २९.ठुलोकुरो, ३०.माछाको बिषझार, ३१.जामुना, ३२.प्रियझार ३३.दालचिनी ३४.तितेपाती ३५.रिठा ३६.धतुरो, ३७.हलेदो, ३८.सुर्ती, ३९.अदुवा ४०.बेसार, ४१.खुरसानी, ४२.लसुन, ४३.प्याज, ४४. नुन, ४५.खरानी, ४६.तोरीको पिना, ४७.गोलभेडा, आदिको प्रयोग
बनाउने तरिका
आफनो प्रयोग गर्ने क्षेत्रफललाई आधार मानेर आवश्यक्ताअनुसार वनाउन सकिन्छ ।जस्तो १००लिटर वनाउँदा ५देखी १०रोपनी सम्मको लागी वनाउनसकिन्छ ।
⦁ कालो प्लाष्टीकको ड्रम नचुहिने १००लि.विर्को लाग्ने लिने
⦁ माथी उल्लेखित वनस्पति कम्तीमा ७ देखी १० प्रकारका जम्मा गरी मसिनो गरी टुक्रा पार्ने वनस्पति जती वढी जातका जम्मा गर्न सकियो त्यति नै राम्रो
⦁ १०० केजी जाने भाँडोमा २५ केजी वनस्पतिका मसिना पारिएका टुक्रा राख्ने र ६० लिटर गाइ भैसि बाख्राको पिसाव हाल्ने त्यसपछि सुती १०ग्राम, अदुवा २०० गम, बेसार ५०ग्राम, खुरसानी ५०ग्राम, लसुन ५०ग्राम, प्याज १००ग्राम, नुन ५०ग्राम, खरानी ३०० ग्राम, तोरीको पिना १०००ग्राम, राखेर बिर्को टाइट पारेर राख्ने।
⦁ पmोहर नलागेमा मानिसको पिसाव पनि संकलन गर्न सकिन्छ ।
⦁ हप्तामा २ पटक चलाउने विर्को टपक्क पारेर लगाउने
⦁ जति साइजमा वनाएता पनि २ भाग पिसाव १ भाग जडिवुटी मिलाएर वनाउन भुल्नु हुदेैन । पिसावमा पानी मिसाउनु हुदैन ।
⦁ पारिलो घाम विहान देखि वेलुका सम्म लाग्ने ठाउँमा राख्ने ।
⦁ यसरी तयार पारिएको झोल जाडो समयमा २५ देखि ३० दिनमा, गर्मी समयमा १५ देखि २० दिनमा तयार हुन्छ ।
गितीमल प्रयोग गर्ने तरिका
⦁ यसरी तयार भएको झोल सानो विरुवा भएमा १लिटर झोलमा ७लिटर पानी मिसाएर छर्ने।
⦁ इदि ४५दिन भन्दा माथिको ठुलो विरुवा भएमा १लिटर झोलमा ३देखि५लिटर पानीमिसाएर विरुवाको अवस्था हेरी छर्ने ।
⦁ तयार भएको झोल कपडामा छानेर मात्र हजारी तथा स्प्रेयर बाट छर्नसकिन्छ ।कपडामा नछानेमा स्प्रेयरको नोजल विग्रन्छ ।
⦁ छर्दाखेरी मुखमा माक्स लगाएर छर्ने सकभर नागो सरिरमा पर्न नदिने
⦁ किरा नलागेमा हप्तामा एकपटक छर्ने
यसरी बनाएको गितीमल साप्ताहिक रुपमा छरेमा यसले मलको रुपमाकाम गरी सबै किसीमका कीराहरु भगाएर माटाको उर्बरा शक्ति बढाएर उत्पादनमा बृदी गराउछ । रासायनिक बिषादी तथा मल किन्ने खर्च घटाएर स्वस्थ्य जिवन जिउन सिकाउछ
सावधान
यो बनाउदा वानस्पतिक टुक्रा पार्ने वेलामा हातमा पञ्जा मुखमा माक्स आँखामा चस्मा प्रयोग गर्ने सकेपछि सावुन पानीले हात धुने किनकी वानस्पतिक वस्तु पनि बिषयुक्त हुन्छ ।
meloxicam 15mg drug - celecoxib online order oral tamsulosin 0.4mg
buy levofloxacin 500mg online - ranitidine 300mg over the counter ranitidine online order
buy esomeprazole pills - order topamax purchase sumatriptan online
buy medex generic - buy reglan no prescription cozaar 25mg ca
inderal 10mg over the counter - order clopidogrel 75mg methotrexate 5mg generic
buy domperidone 10mg online - tetracycline for sale cyclobenzaprine online order
domperidone cheap - tetracycline 500mg generic order generic flexeril
order acyclovir 800mg sale - buy generic zovirax order crestor 20mg pill
buy misoprostol 200mcg generic - diltiazem 180mg ca order diltiazem pills
clarinex 5mg us - order generic priligy dapoxetine 60mg price