मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |
मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ
हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

Praharentertainmentmedia 354+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचन, दैनिक हवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरु एक सातासम्मै उपस्थित रहनेछन् ।

हिन्दु, बौद्ध, किराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउँछन् । “हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश हो । बहुल जाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता रहेको छ ।”

अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने उनले बताए । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । महायज्ञको लागि पूर्व युवराज्ञी हिमानी शाहलाई भेटेरसमेत निमन्त्रणा दिईसकेको र अन्य विशेष व्यक्तिहरुको उपस्थिति रहने पोख्रेल बताउँछन् ।

यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथ दिएको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमलाई सफल बनाएरै छाड्ने संस्थाका सचिव कुवेर गौतम बताउँछन् । भगवानको कृपाले सहयोगी हातहरु बढ्दै गएको र निस्वार्थ सहयोग गर्न चाहनेहरुका लागि पनि सहयोगको ढोका खुल्लै रहेको गौतम बताउँन् । विश्वशान्ति महायज्ञ व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना कार्की, सचिवमा सन्देश श्रेष्ठ, सहसचिवमा नितु घिमिरे र कोषाध्यक्षमा खेम खरेल रहेका छन् । गत वर्षको भन्दा यो वर्षको कार्यक्रम भव्य र बृहत् हुने कोषाध्यक्ष खरेल बताउँछन् । कार्यक्रमको व्यवस्थापनमा कमजोरी नहोस् भनेर हामीले नयाँ कार्यसमति नै गठन गरेर लागि परेका छौँ । स्वयंसेवकहरु नै तीन दर्जनभन्दा बढी उपस्थित रहने उनी बताउँछन् ।

विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर यो हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा हो । यसले विश्वमै शान्ति फैलियोस् भनेर हिन्दुमात्र नभएर बौद्ध, किराँत तिन ओटै पूजाविधिअनुसार नै पितृउद्धारको कामना सहित कार्य गरिने हुँदा महायज्ञ महत्वपुर्ण भएको संस्थाका सदस्य त्रिलोचन सुवेदीले बताए । कार्यक्रमको क्रिएटीभ पार्टनरको रुपमा ऐना आर्टस् रहेको छ ।

प्रतिक्रिया

Raqmbk ११ वैशाख २०८२, बिहीबार

nexium cost - topiramate 100mg pills buy sumatriptan 25mg online

Zdhfbh ११ वैशाख २०८२, बिहीबार

cost levaquin 500mg - levofloxacin 250mg canada order zantac generic

Qpsinm ७ वैशाख २०८२, आइतबार

warfarin where to buy - purchase warfarin generic buy losartan 50mg pills

Kitteo ४ वैशाख २०८२, बिहीबार

inderal buy online - order plavix generic order methotrexate for sale

Eyfawn ३ वैशाख २०८२, बुधवार

cost motilium - tetracycline 500mg pills buy flexeril pills for sale

Ntqnsg २५ चैत्र २०८१, मङ्गलबार

motilium 10mg usa - domperidone 10mg pill cyclobenzaprine over the counter

Jrpyum २३ चैत्र २०८१, आइतबार

order acyclovir 400mg generic - allopurinol 100mg for sale buy crestor 10mg online cheap

Kwfjdk १७ चैत्र २०८१, सोमबार

cytotec 200mcg pill - xenical over the counter diltiazem 180mg sale

Jfrifl १५ चैत्र २०८१, शनिबार

clarinex cheap - claritin us buy dapoxetine 90mg

Yvpybx १३ चैत्र २०८१, बिहीबार

medrol 16 mg without prescription - triamcinolone drug aristocort 4mg us

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै