पबित्रा थापा मगर
नवलपुर ३ कावासोती
'… मानव सभ्यताको शुरु हुनु भन्दा अगाडि आदिम युग देखीनै हाम्रा पिता पुर्खा यहीँ भुमीमा बसोबास गर्दै आएका हुन् न।
बास्तबमा हामी मगर हरुलाई नेपाल सरकारले आदिवासी जनजाती भनेर घोषणा गरेपनी हामी यहीँ भुमीको मुलबासी हौ।
किनकी प्रख्यात स्वदेशी ,बिदेशी बिद्धवान हरुले पनि हामी मगर हरु कहाँ बाट आएका थिए वा उत्पती कहाँ बाट भएको थियो?भनेर यकिन रुपमा भन्न सकिएको छैन।तसर्थ हामी यहीँ भुमीका आदिम भुमी पुत्र हौ, र त हामीलाई आदिवासी भन्दा पनि मुलबासी भन्ने शब्द उचित हुने गर्छ। तसर्थ हाम्रै पुर्खाको नङ्ले यहाको पात पतिङ्गर खोस्रेर,आफ्नै रगत पसिनाले यो हाम्रो आदिम भुमी सिन्चित गरि हराभरा बनाएर सभ्यताको जग बसालेका थिए।यहीँका जङगली कन्दमुल र जङ्गली जनावर हरुको सिकार गर्दै यहिका पाखा पखेरा, कुना कन्दरा हरुमा हजारौं बर्ष पहिल्यै देखि बसो बास गर्दै आइरहेका छौ।त्यसकारण हामी मगर हरुको इतिहास धेरै पुरानो रहेको छ।
यसै क्रममा बुद्ध जन्मिनु भन्दा अगाडि नै यहाँ मगरी सभ्यता रहेको र बुद्ध ले लेख्नु भएको ग्रन्थ हरुमा पनि मगर भाषाका शब्द सुटा, मोचा जस्ता शब्द हरु पाइएको कारण बुद्ध स्वयम नै मगर हुन सक्ने भनेर हाम्रा मगर इतिहास बिद एम .एस थापा मगर ले भन्नू भएको छ। अनि अर्को कुरा हाम्रो मगर इतिहास केलाउदै जादा हालको बिहार क्षेत्र मा मा बाह्रौ शताब्दी मै बौद्ध विश्व बिधालय यो विश्व भरी चिर परिचित रहेको र बिस्वका कयौ मानिस हरु उक्त बिश्वबिद्धालय अध्ययन गर्न आउने गरेको तथ्य फेला परेको छ।उक्त विश्व बिद्धालयको नाम नालन्डा विश्व बिधालय रहेको र यसको अर्थ मगर भाषामा नालन भनेको कमल को फुल र डा भनेको राखेको भन्ने अर्थ लाग्ने कुरा इतिहास कार हरुले पत्ता लगाएका छन्। यश अर्थमा मगर भाषामा यो बिश्वबिद्धालय कमलको फुलमा राखेर उट्घाट्न गरेको भन्ने अर्थ हुन आउछ तसर्थ मगरहरु को सभ्यता धेरै प्राचीन कालमा नै अति मजबुत सग फस्टाएको थियो भन्ने बुझिन्छ ।किनकी त्यति खेरको चर्चित बिस्वबिधालयको नाम नै मगर भाषा सग मेल खाएको हुँदा इतिहासमा हामी मगर हरु सभ्यताको शिखर मै पुगिसकेका थियौ भनेर बुझ्न सकिन्छ।
त्यस्तै हाम्रो देश नेपालकै इतिहासमा पनि शाह बंश का राजाहरु नै मगर थिए भनेर धेरै ईतिहास कार हरुले बताउदै आएका छन् ।हाम्रा मगर अध्यता एम.एस थापा मगरले नै पनि शाह हरुको पुर्खा कान्च खान र मिचा खान भन्ने दुई दाजु भाइ हरु मध्य एकजना स्याङ्जाको भिर्कोट्मा राज्य गरेका र अर्को कास्किमा राज्य गरेका कुल मण्डन शाहको बाजे बराज्यु मध्य एक थिए भनेर भन्नू भएको छ ।उक्त कान्चा खान को अर्थ मगर भाषा मा कराङ्च खान र मिचा खान को अर्थ मार्हच खान भनेको सानो चाहिँ र ठूलो चाहिँ भन्ने अर्थमा अप्रभङ्स भएर कान्चा र मिचा भएको भनेर भन्नू भएको छ।
यसरी मगर हरुको इतिहास केलाउदै जादा प्रशिद्ध मगर ब्यक्तित्व हरु पनि धेरै थिए भनेर भन्न सकिन्छ यी मध्य एक जना गोर्खा राज्यका राजा रामशाह को सल्लाहकार थिए उनको नाम सिद्द लखन थापा मगर हुन ।उनी तान्त्रिक बिधामा सिद्द हस्त ब्यक्ती थिए भनेर इतिहासको पाना मा इतिहासकार हरुले ब्यक्त गरेका छन् ।राम शाह इतिहासमा न्याय हराए गोरखा जानू भन्ने उक्तिले चर्चित छन् ।यसरी राम शाह लाई न्यायको पर्याय को रुपमा चर्चित हुनुमा सिद्द लखन थापा मगरको ठूलो देन रहेको छ।एकदिन राज्य शभाको बैठक बस्दै गर्दा उनलाई काली गन्डकी नदिमा डुङ्गा डुबेको थाहा भयो र आफै गएर उद्दार गरे अनि राम शाह लाई काली गण्डकी मा डुङगा डुबेछ भनेर जानकारी गराउदै उनले आफ्नो कपडा निचोरेर पानी झारे त्यसपछी उक्त राज शभामा भएका सबै मान्छे हरु दङग परेका थिए भनेर नेपाल को सङ्क्षिप्त ईतिहास भन्ने किताब मा इतिहास शिरोमणी बाबुराम आचार्य ले उल्लेख गर्नु भएको छ।
तेस्तै पृथ्वीनारायण शाहका आत्मिय मित्र सानै देखीको साथी बिराज बखेती मगर भन्ने ब्यक्ती थिए ।उनलाई पृथ्वीनारायण शाह ले काजी पद दिने भनिएकोमा पछि गणेश पान्डे हरुको उक्साहट मा लागेर बिराज बखेती मगर लाई काजी पद नदिएर उनी माथी कुठाराघात गरि कालू पाण्डेलाई दिएको भनेर इतिहास शिरोमणी बाबुराम आचार्य ले आफ्नो किताब मा उल्लेख गर्नु भएको छ।यस घटना बाट हामी मगर हरु इतिहास देखि नै ठगिदै आएका थियौ भनेर बुझ्न सकिन्छ। यस्तै उक्त किताब मै एकजना जयन्त ग्यामी राना मगर भन्ने ब्यक्ती नरभुपाल शाहको काजी रहेको र नुवाकोट मा नरभुपाल शाह हारे पछी दोष सबै उनी माथी थुपारेर गोर्खा बाट निकालिएर नुवाकोटमा गएर बसेको र पृथ्वीनारायण शाह ले पछि गोर्खालीको पक्षमा मिल्न आउनु भन्दा नमानेको कारण छाला काढेर नुन चुक लगाई तड्पाई तड्पाई मारेको भन्ने कुरा उल्लेख गरेका छन् । यसै गरि हाल पर्बत जिल्लामा पर्ने क्षेत्रमा एकजना प्रख्यात लाडाकु योद्दा तुले रोहानी मगर भन्ने ब्यक्ती रहेको थियो र तत्कालिन शासनको हमला गर्दै उनले हजारौ युवा हरुलाई जम्मा गरेर एउटा शैनिक द्रस्टा नै तयार पारेर राज्य माथी हमला दिदै आफ्नो मगर राज्य तयार पारेका थिए भनेर लेखक राजकुमार दिक्पाल राइको किताब नेपाल मा आदि बासी जनजाती बिद्रोह मा उनले उल्लेख गरेका छन् ।उक्त लेखमा उनले तुले रोहानी मगर को खुलेर प्रसंशा गरेका छन् र महान योद्धाको रुपमा प्रस्तुत गरेका छन् ।
अर्का सुप्रसिद्ध मगर राजा चौधौ शताब्दी तिर पाल्पाका बलिहाङ राना मगर थिए भनेर इतिहासकार हरुले बिभिन्न पुस्तक हरुमा उल्लेख गरेको पाइन्छ।उनी एकदमै दानी र दयालु थिए अनि जनताको लागि आफै मरिमेटेर काम गर्थे त्यसकारण उनको राज्यमा जनता लाई कुनै दुख कष्ट थिएन र उनलाइ यमराज लिन आउने दिनमा जनता हरुले देउसी भैलो गाएर झिली मिलि पार्दै यमराज लाई लान नदिएर जनताले उनलाई मृत्यू बाट जोगाएको थिए र उनै बलिहाङ राजा को उक्त घटना बाट नै मगर हरुले तिहार चाड मनाउन शुरु गरेको हो भनी इतिहासकार हरुले बताउदै आएका छन् ।उक्त बलिहाङ राना मगर राजाको भत्केको दरबार अहिले पनि पाल्पाको बल्ढ्याङ गाढिमा रहेको छ।
यसै गरि अर्का प्रशिद्द मगर सपूत हुन जङग बहादुर का पालाका लखन थापा मगर उहाँ ले पनि राणा शासनको लागि लडेर आफ्नो ज्यान लाई नै बलि चढाउनु भएको थियो।उहाँ लाई मगर अग्रजहरुको पहलमा पटक पट्क माग गरेर नेपाल सरकारले प्रथम शहिदको दर्जा पनि दिन सफल भएको छ। यसरी अन्य मगर सपुत हरुमा बुद्ध सिङ राना मगर पनि एक हुन जसले राजा महेन्द्र को पालामा पन्च्यात बिरुद्धको आन्दोलन गर्ने क्रम मा चितवन को भरतपुर क्षेत्र नै कब्जा गरेर त्यति बेलाको शाही सरकार लाई ठूलो चुनौती दिएका थिए तर उनलाई पछि राजा महेन्द्रको शेनाले पक्रेर हत्या गरि मारेका थिए।उनलाई नेपाल सरकारले शहिदको सुचिमा समेत राखेको छैन। उनको पुर्खयौली घर तनहुँ वर भन्जाङ रहेको र हाल उनको एकमात्र सन्तान छोरी नवलपुरको हर्दी भन्ने ठाउमा मा रहेको छ भनेर हावर्ड बिस्वबिधालयका प्राध्यापक एबम् सङ्क्षिप्त मगर इतिहास नामक पुस्तक्का लेखक,मगर अध्यता बि .के राना मगर ले उहाको बारेमा खोजी गरेर एउटा लेख नै तयार पार्नु भएको छ।
यसरी हामी मगर को इतिहास मा मगर सपूत हरु कयौ भएपनि यो नश्लिय दम्भ बोकेका नेपाली इतिहासकार भनाउदाहरुले हामी नेप्टे चिम्से हरुको ईतिहास लाई गर्भ मै लुकाएर इतिहास लाई तोड मोड गरेर इतिहासको दस्ताबेज तयार पारेको हुदा हाम्रो ईतिहास अब का हाम्रा पुस्ताहरुले जोड तोड का साथ खोज्नु पर्ने बेला आएको छ।नत्र हाम्रै मगरको रगतको भर्र्याङ् चढेर सत्ताको शिखर चुमेका हरुले ईतिहास मात्र होइन हाम्रो पहिचान नै नामेट पारीसकेका छन् ।कुनै दिन हाम्रो ईतिहास जस्तै हाम्रो पहिचान पनि सङ्ग्राहलयमा मात्र सिमित हुनेछ भनेर भन्न सकिन्छ।किनकी इतिहास भनेको विशेष गरि मानव सम्बन्धमा बितेका घटनाहरुको अध्यन हो जसले गौरबशाली अतीत लाई आत्मसात गर्दै बर्तमान र भबिस्य लाई समेत सहि दिशामा मार्गनिर्देश गरि रहन्छ।
अबको हामी मगर हरुले शासन सत्ताको झुटो ललिपपको पछाडी नलागेर आफ्नो हक ,अधिकार र आफ्नो मौलिक पहिचानको निम्ति जुझारु भएर अगाडि बढ्नु पर्ने आबश्यकता छ कि कुनै पार्टी र सङ्घ सस्था को झन्डा बोक्नु भन्दा आफ्नै जातिय पहिचानको खातिर अनि आफ्ना जातिय हक अधिकार लगाएत भाषा सस्कृती जोगाउन का खातिर आफ्ना शाखा सन्तान लाई पुर्खाको ईतिहासको पाठ सिकाउदै भबिस्यको सहि मार्ग मा डोर्याउनु पर्ने आबश्यकता को जरुरी छ।
धन्यवाद !
A well-written piece highlighting the importance of early screening. Timely diagnosis remains one of the most impactful interventions in oncology. - https://adresse.dastelefonbuch.de/N%C3%BCrnberg/1-Fach%C3%A4rzte-f%C3%BCr-Psychiatrie-und-Psychotherapie-Dr-med-Oliver-Scholz-N%C3%BCrnberg-Elisenstr.html , Excellent discussion on the role of exercise in cancer prevention and treatment. .

Prix imbattables, qualite irreprochable. Conseils sante personnalises gratuits. Livraison offerte des 45 € d’achat. BienEtreWeb – votre quotidien en mieux.Acheter casodex
Prix imbattables, qualite irreprochable. Conseils sante personnalises gratuits. Livraison offerte des 45 € d’achat. BienEtreWeb – votre quotidien en mieux.Acheter casodex
Test your nerves with chicken road casino — the longer the chicken survives, the sweeter the multiplier! Cash out decisions define every round's outcome. Addictive from the very first bet!
buy nexium 40mg online cheap - topamax 200mg sale imitrex 25mg price
buy levaquin online cheap - order zantac 300mg without prescription order zantac 300mg without prescription