काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा २५ दिनमा २४ लाख ५७ हजार ६ सय १८ जनाले रविको पक्षमा सुनामी सरह गरे हस्ताक्षर गरेका छन्। रबि लामिछाने को पक्षमा करिव दैनिक एक लाखले हस्ताक्षर गरिरहेका छन् । न्यायिक राज्यको खोजी रहेका जनता प्रतिशोध चाहदैनन् भन्ने ज्वलन्त उदाहरण रबि को पक्षमा भएको हस्ताक्षरले प्रस्ट पार्दछ।
रविको पक्षमा सुनामी सरह आइरहेको हस्ताक्षरले राजनीतिक प्रतिशोध साँध्नेहरुको यतिबेला मुटुमा ढ्यांग्रो ठोकेको हुनुपर्छ भने हरुको सामाजिक संजालमा ओइरो लागेको देखिन्छ, अझ भनौ माहोल रबिमय बन्दै गैरहेको छ।
राजनीतिक दलहरुको जुदाइले राजनीतिक प्रतिशोध साध्न अदालतको आदेश टाइप नहुँदै प्रहरीले रविको ओछ्यानमा गएर ‘तेरो अन्तिम इच्छा के हो ?’ भनेर सोधेको बिषयले सामाजिक संजाल तातेको थियो । जनताले रविलाई पूर्णरुपमा निर्दोष ठानेर यिनीहरुलाई मात्र रविको डर हो, नत्र पक्रिन त्यति हतार गर्नु पर्ने थिएन समेत भन्न भ्याएका थिए।
अहिले अवस्थामा जनता अत्यधिक निरास भएका छन। गल्ति गर्ने हरुलाई समेत उन्मुक्ति दिने प्रवृतिले जनतामा नकारात्मक असर परेको देखिन्छ। घुस लिने मन्त्री बर्खास्त नगर्ने , भिजिट भिसाको आवरणमा मान्छे बेचेर दैनिक ५० लाख असुल्ने मन्त्रीलाई समेत पक्राउ नगरी अहिले को सरकारले जनतामा नैरास्यता पैदा गरेको छ। माधवकुमार नेपाल र अग्नि सापकोटालाई समेत छानबिनको दायरामा ल्याउन सकेको छैन। नक्कली शरणार्थीका माफियाहरूलाई पक्राउ गरेको भए जनताले कानुनि राज्यको आभास गर्ने थिए।