काठमाडौ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।
बिश्व शान्ति तथा एकिकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाबिधालय संघको सयुक्त्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार धोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभइ दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।
संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।