३० असार, पोखरा । पोखरा–१६ को लिची बगैंचा लिचीबारीका रुपमा चिनिएको जग्गा ४० वर्षभन्दा पुरानो फैसला देखाउँदै हडप्ने चलखेल भएको छ ।
२०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १ सय १० रोपनी जग्गा हत्याउने चलखेल भएको हो । सो जग्गा तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा पछि कीर्ते गरी अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा मुद्दा परेको थिय।
घुस प्रकरणमा मुछिएका सुजन लामा नाम गरेका व्यक्तिको अगुवाइमा उक्त जग्गा हडप्ने चलखेल पछिल्लो समय चलिरहेको थिय। उक्त जग्गा हत्याउन मालपोतको प्रमुख नै फेर्ने सम्मको चलखेल चलेको थियो ।३ जना कर्मचारीलाई लामाले नै सरुवा गराएर मालपोत कार्यालय कास्कीमा पत्र देखाउँदै शक्ति प्रदर्शन समेत गरेको खुलेको छ । सुजन लामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको प्रकरणमा मुछिएका व्यक्ति हुन् ।
सुजन लामा र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगको कुराकानी को अडियोमा सुजन लामाले भनेकाछन "पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरिरहेको छ, मन्त्रीज्यू हामी यहाँ हेरेर यसरी बसेर हुन्छ ?’ विचौलिया सुजन लामाले भनेको सार्वजनिक अडियोमा सुनिएको छ । उनले टुलुटुलु हेरिरहेको भनेको जग्गा यही लिचीबारी हो । यो लिचीबारीको जग्गा हत्याउन लामाले हकदार खडा गर्नेदेखि राजनीतिक शक्तिको आडमा कर्मचारीलाई दबाब दिने देखि कर्मचारी सरुवा समेत गराएका थिए ।
अहिले विभिन्न व्यक्तिहरुले पुर्जासहित भोकचलन र खरिदबिक्रीसमेत गरिरहेको लिचीबारी पुरानो फैसला अनुसार फिर्ता ल्याउने नाममा हकदार खडा गर्ने, मालपोत कास्कीमा कागजातसहित निवेदन दिने र मन्त्रीदेखि विभिन्न नेताहरुसँगको आडमा हत्याउन दबाब दिने काम लामाले नै गरेका हुन् ।
लिचीबारी पोखराको दीपमा रहेको छ जुन लिचीको बगैंचा केआइसिंह पुल कटेर बाटुलेचौर जाने बाटोमै देखिन्छ । तीव्र सहरीकरण ले गर्दा खेतीयोग्य जमिनको अभाब भइरहेको भए पनि त्यो ठाउँमा भने लिचीबगैंचा र खेतीपाती गरिरहेको देखिन्छ ।
लिचिबारिलाई पनि तल्लो लिचीबारी र माथिल्लो लिचिबारी भनेर चिनिनछ । लिचीबारीमा अहिले अधिकाशंको आफ्नै लालपुर्जासमेत छ भने विभिन्न मानिसहरुले जग्गा खरिदबिक्री गरिरहेका छन्।