मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

Prahar Entertainment Media 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

काठमाडौं । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् ।

दश वर्षको तथ्यांक हेर्ने हो भने हृदयघात हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयघातका बिरामी बढिरहेका सहिद गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयघातका बिरामी बढिरहेका चिकित्सकले बताएका छन् । केन्द्रमा सन् २०१२ मा ४९५ जनामा हृदयघात भएकामा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४६० जना पीडित भएका थिए । उनका अनुसार २०२० मा एक हजार ६९८ र सन् २०२१ मा दुई हजार २७३ जना सो रोगका कारण अस्पतालमा भर्ना भएका छन् ।

डा. अधिकारीले २०२१ मा अस्पताल भर्ना भएका बिरामीमध्ये प्रायः हृदयघात भएका हुन् । हृदयघातका बिरामी बढे पनि सन् २०२० मा कोरोना भाइरसका कारणले अस्पतालमा मुटु रोगका कम बिरामी आएका थिए । ‘‘विगत १० वर्षको तथ्यांक हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयघात भएका बिरामी मात्र नै छन्”, उनले भने, “नेपालमा हृदयघातका बिरामी दिनप्रतिदिन बढिरहेका गंगालालमा आएका बिरामीबाट नै थाहा हुन्छ ।” उनका अनुसार अस्पतालमा दैनिक चारजना हृदयघातका बिरामी आउने गरेका छन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान् कोइराला पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयघात हुने गरेको बताउँछन् । “धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ ”, उनले भने, “ स्वस्थ जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयघातबाट बच्न सकिन्छ ।”

उनका अनुसार मुटु जन्मजात बिग्रेर आउने, बिग्रेर आउनेबाट बचेको, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्भ बिग्रने रोग (बाथज्वरजन्य रोग) जस्ता कारणले मुटुका बिरामी हुने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार